पथरी । मोरङको पथरी उद्योग बाणिज्य संघले साढे चार करोडको लागतमा संघको ४ तले भवन निर्माण गर्ने भएको छ । उवासंघ पथरीले साल्पा होटलमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो बराबरको रकमले अण्डरग्राउण्ड सहित ४ तले भवन निर्माण गर्ने बताएका थिए
।
पथरीशनिश्चरे–२, स्थीत बुद्धचोक पश्चि पटी दुई बर्ष अघि संघले ३ कट्ठा जग्गा ५३ लाखमा खरिद गरिसकेको छ । सोही जग्गामा संघको भवन बन्न लागेको संघका अध्यक्ष दिपक बस्नेतले बताए । अण्डरग्राउण्ड पार्किङ, चारतलामा ट्रस सहितको भवन निर्माण हुने भएको छ ।
भवनको फागुन ५ गते संघको १७ औं साधारण सभामा कार्यक्रमको प्रमुख अतिथि मोरङ क्षेत्र नं. ३ बाट निर्वाचित संघीय सरकारका स्वास्थ तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले शिल्यानास गर्ने संघले जनाएको छ ।
साधरण सभामा उवासंघले तीन दशक लामो संघको जीवनदर्पण सङ्गृत स्मारिका लोकार्पण गर्ने तयारी गरेको छ । संघलाई सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुलाई सम्मान गर्ने पनि बताएका छन्। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा प्रदेश सांसद कृष्णकुमारी राई, सूयर्माराज राई, शेखर थापा,संविधान सभा सदस्य चण्डीप्रसाद राई र लालबहादुर सुस्लिन मगर, नगरप्रमुख दिलिपकुमार राई र उपप्रमुख यामुना विष्ट बास्तोला लगाएत अतिथि रहने छ ।