पथरी । पथरीशनिश्चरे नगरपालिकाको छैटौं नगरसभा फागुन १६ गते हुने भएको छ । बुधबार कार्यपालिकाको बैठकले फागुन १६ गते देखि नगरसभा गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता यामप्रसाद गुरागाईले बताए । नगरसभा उद्घाटन्शत्र र वन्दशत्रका रुपमा संचालन हुने छ ।
केही दिन अघि नगरका जनप्रतिनिधिहरुका सन्दर्भमा मानमर्दन हुने प्रकारबाट केही सञ्चारमाध्यममा आएको समाचारप्रति बैठकको ध्यानाकर्षण समेत भएको प्रवक्ता गुरागाईंले बताए । साथै उनले यस विषयमा थप छलफल हुने समेत वताए । बैठक, नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न भएको थियो .