फागुन १४गते, पथरी । मोरङको कानेपोखरी गाउँपालिका वडा नं.–६, स्थीत रमाइलोमा स्थापना भएको जेनिथ इङ्लिस स्कुलले आफ्नो १० औं स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।
बुधबार भएको कार्यक्रममा बार्षिक खेलकुद कार्यक्रम अन्तरगत २६ खेलमा प्ले ग्रुप देखिका कक्षा ९ सम्मका ३ सय ३५ जना विद्यार्थीहरुले पुरस्कार पाएका थिए । त्यसैगरी गत बर्ष २०७५ सालको बार्षिक परीक्षामा नर्सरी कक्षा देखि कक्षा ९ सम्मका प्रथम, द्धितीय र तृतीय हुने ४० जना विद्यार्थीलाई प्रमाण पत्र र पुरस्कार वितरणगरेका थिए । त्यसैगरी कक्षा १ बाट अंकन श्रेष्ठले सवैभन्दा बढी ९७.१४ प्रतिशत अंक ल्याएर स्कुल प्रथम भएका थिए ।
बार्षिक परीक्षा र खेलकुद प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेहरुलाई कार्यक्रमको प्रमुख अतिथि, अतिथि, अभिभावक र शिक्षकहरुले प्रमाण पत्र, मेडल र पुरस्कार वितरण गरेका थिए ।
विद्यालयमा स्थानीय समाजसेवी बुद्धिनाथ लम्सालले आफ्नो स्वर्गीय माता चन्द्रमायाको स्मृतीमा अक्षकोष ४ बर्ष अघि स्थापन गरेको छ । सोही अक्षकोषबाट ‘चन्द्रमाया स्मृती पुरस्कार’ पनि वितरण गरिएको थियो । बर्षमा एकपटक विद्यालयमा अध्यनरत २ जना विपन्न परिवारका बालबालिकाहरुलाई प्रदान गर्दै आएको छ । गत बर्ष देखि सुरुगरिएको उक्ता पुरस्कार यस पटक कक्षा नर्सरीको निराजन धिमाल र कक्षा २ बाट आरोग्य माझीलाई २५ सय बराबरको एकजोर ट्रायक सुट, एकजोर विद्यालयको पोशाक र बर्षभरी पुग्ने कापी र पेन्सिल पुरस्कार स्वरुप प्रदान गरिएको थियो ।
विद्यालयले कार्यक्रममा फुड फेस्टीभल पनि आयोजना गरेका थिए । फुड फेस्टीभलमा कक्षागत शिक्षकसहित विद्यार्थीहरुले स्टल राखेका थिए । फेस्टीभलमा कक्षा ३ देखि ९ कक्षा सम्मका विद्यार्थीले भाग लिएका थिए । स्टलमा विद्यार्थीहरुले विभिन्न परिकारका खानेकुराहरु बनाएर राखेका थिए । अभिभावकहरुले आफ्ना नानीहरुले बनाएको विभिन्न परिकारहरु खाएका थिए । फुड फेस्टीभलको स्टलहरु उपस्थीत अतिथि तथा प्रमुख अतिथिहरुले पनि अवलोकन गरेका थिए ।
वडा नं. ६ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक खड्ग बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्मपन्न भएको थियो । कार्यक्रममा कानेपोखरी गाउँपालिका स्वास्थ शाखा प्रमुख तथा अभिभावक रोहिन्द्र कुमार राजभण्डारी, वडासदस्य तथा अभिभावक त्रिभुनाथ नेपालले शुभकामना मन्तव्य राखेका थिए ।
त्यसैगरी कानेपोखरी निजि विद्यालयहरुको संगठन प्याप्सोकका सचिव विद्यानान्द चौधरी, बुद्धिनाथ लम्साल, धनकुमार श्रेष्ठ र रमाइलो प्रहरी चौकीका प्रमुख सुमन श्रेष्ठ लगाएत अतिथि रहेका थिए । कार्यक्रममा विद्यालयको गतिविधिको बारेमा विद्यालयको प्रिन्सिपल होमकुमार मोतले बताएका थिए भने स्वागत मन्तव्य भाईस प्रिन्सिपल जयबहादुर राईले गरेका थिए । कार्यक्रमका सभापतित्व विद्यायको फाउण्डर खगेन्द्र थेवे रहेका थिए ।