फागुन १९ गते विराटनगर । विराटनगर–५ मा स्थापना भएको एभरेष्ट माध्यामिक विद्यालयले मन्टेश्वरीस्तरीय साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
आइतबार कक्षा नर्सरीदेखि यूकेजीसम्म र सोमबार कक्षा १ का बालबालिकाले कार्यक्रममा सहभागिता जनाएर विभिन्न कार्यक्रम गरी साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रम अन्तर्गत बालबालिकाले विभिन्न जातीका सस्कृति झल्कने पोशाक लगाएर नृत्य, गायन, नाटक, फेसन–शोलगायतका प्रस्तुति देखाए । स–साना छोराछोरीले देखाएको प्रतिभा हेरेर अभिभावकहरु भने मख्ख देखिन्थे ।
बालबालिकासँगै विद्यालयले अभिभावकलाई पनि विभिन्न प्रतिष्पर्धात्मक खेलमा सहभागि गराएको थियो । विद्यालयका अतिरिक्त कृयाकलाप इन्चार्ज राजन भट्टराईका अनुशार अभिभावकहरुलाई म्यूजीकल चियर र धागो कात्ने प्रतिष्पर्धा गराइएको थियो ।
कार्यक्रममा विद्यालयका प्राचार्य टिकाराम पुरीले सम्बोधन गर्दै अवको शिक्षालाई सीप, संस्कार प्रविधिसँग जोड्नुपर्ने आवश्यकता रहेको बताए । उनले विद्यालयले आयोजना गर्ने यस्ता कृयाकलापपनि सीप, सस्कृती र प्रविधिलाई जोड्न सघाउ पुग्ने बताए । उनले अभिभावकहरुले पनि बालबालिकालाई सानैदेखि व्यवहारीक सीप र संस्कार सिकाउने दायीत्वबाट विमुख हुन नहुनेमा जोड दिए ।