फागुन १९ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाको आयोजनामा भएको १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १२ वटा विद्यालयलाई पछि पार्दै जनकल्याण माविले उपाधि चुमेको छ ।
कानेपोखरी –७, स्थीत जनकल्याण माध्यामिक विद्यालय प्रतियोगितामा प्रथम हुर्दै रनिङ शिल्डको उपाधि चुमेको हो । जनकल्याणले ११ खेलमा प्रथम भएका थिए । त्यसैगरी ४ वटा खेलमा द्धितीय र ३ खेलमा तृतीय स्थान हात पार्दै उपाधि चुमेको थियो ।
त्यसैगरी रनिङ शिल्ड प्रतियोगितामा कानेपोखरी –६, स्थीत रमाइलोमा रहेको जनसेवा माध्यामिक विद्यालय दोस्रो विजेता भएका छन् । जनसेवाले ८ वटा खेलमा प्रथम भएका छन् । त्यसैगरी ३ खेलमा द्धितीय र २ खेलमा तृतीय हुर्दै जनसेवा रनिङ शिल्ड दोस्रो पुरस्कारको विजेता बनेका थिए ।
त्यसैगरी रनिङ शिल्ड प्रतियोगितामा कानेपोखरी –४, स्थीत पिनाकल ज्ञान मन्दिर स्कुल तेस्रो विजेता भएका थिए । पिनाकलले प्रतियोगितामा ७ वटा खेलमा प्रथम भएका थिए । त्यसैगरी ७ वटा खेलमा द्धितीय र ५ वटा खेलमा तृतीय हुँर्दै तृतीय पुरस्कारको विजेता बनेका थिए ।
त्यसैगरी पर्ल एकेडेमीले १ खेलमा प्रथम, ३ खेलमा द्धितीय र २खेलमा तृतीय, रमाइलो बालजगतले २ खेलमा प्रथम, माउण्ट हर्मन चिल्ड्रेन एकेडेमीले १ खेलमा प्रथम, २ खेलमा द्धितिय र ३ खेलमा तृतीय, आर्दश अंग्रेजी स्कुलले ७ खेलमा तृतीय, श्रीमावि भौंसाबारीले ५ खेलमा द्धितीय र ४ खेलमा तृतीय, सिंहदेवी माविले १ खेलमा द्धितीय र १ खेलमा तृतीय , शिक्षा विकास माविले २ खेलमा तृतीय र बाल माविले २ खेलमा द्धितीय र ३ खेलमा तृतीय भएका थिए । कानेपोखरी–१, होक्लाबारीमा रहेको श्रीमावि होक्लाबारीले भने कुनै पनि खेल जित्न सकेन ।
खेलमा गाउँपालिका भित्रका नीजि र सामुदायिक गरी जम्मा १३ वटा विद्यालयले सहभागीता जनाएको छ । नीजि विद्यालयबाट माउण्ट हर्मन चिल्डेन एकेडेमी, बालजगत, पर्लएकेडेमी, आर्दश र पिनाकल ज्ञान मन्दिर गरी जम्मा ५ वटाले भाग लिएको हो । त्यसैगरी सामुदायिक तर्फ जनसेवा मावि, जनकल्याण मावि, सिंहदेवी मावि, श्रीमावि, शिक्षा विकास मावि, शिक्षा सदन मावि, बाल मावि, श्रीमावि होक्लाबारी गरी जम्मा ८वटाले भाग दिएका छन् ।
छात्रा÷छात्र तर्फ भलिवल, छात्रा÷छात्र कबड्डी, एथ्लेटिक्स छात्र तर्फ १ सय देखि १५ सय, ३ हजार मिटर, सम्म दौड प्रतियोगिता र छात्रा तर्फ १ सय मिटर देखि १५ सय मिटर, ३ हजार मिटर, सम्म रिले खेल खेलाईएको थियो । त्यसैगरी उफ्रने र फ्याँक्ने तर्फ छात्र हाइजम्प, लङ्जम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, ८ सय ग्राम र सटपुट १२ राउण्ड, त्यसैगरी छात्रा तर्फ हाइजम्प, लङजम्प, ज्याभलिङ थ्रो ६सय ग्राम र सटपुट ८ राउण्ड रछ ।
कानेपोखरी गाउँपालिकाको अध्यक्ष ताराबहादुर काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा जनसेवा माविका प्रधानाध्यापक दामोदर सिग्देलको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रममा ५ नं. वडाध्यक्ष चरण गुरुङ, ६ नं. वडाध्यक्ष खड्ग बस्नेत र दान बहादुर बस्नेत पनि सहभागीता रहेका थिए ।