फागुन २३ गते, पथरी । पथरीशनिश्चरे नगरपालिकाका उपप्रमुख तथा अपाङ्गता परिचयपत्र वितरण समिति संयोजक यमुना विष्ट वास्तोलाले ओछ्यान परेका पूर्ण असक्त अवस्थाका अपाङ्गता भएका व्यक्तिहरुलाई घर घरमै गएर परिचयपत्र प्रदान सुरु भएको छ ।
उप्रमुख तथा वितरण समिति संयोजक विष्ट वास्तोलाको नेतृत्व सहित डाक्टर सहितको टोलीले वडा नम्वर २, ५ र ६ मा पूर्ण असक्तहरुको अवस्था अध्ययन गर्दै उनीहरुलाई परिचयपत्र दिने प्रक्रिया सुरु गरेको समितिकी सदस्य सचिव गीता कट्टेलले बताए ।
पहिलो दिन ती वडाका १२ जना पूर्ण असक्तहरुको घर घरमै गएर उनीहरुको अवस्था जाँच गरी कागजी प्रक्रिया पुरा गरेर परिचयपत्र वितरणको हो । वडाका बाँकी टोलहरु तथा अन्य वडाहरुमा पनि पूर्ण असक्तहरुलाई घरघरमै गएर उनीहरुको अवस्था जाँच गरी परिचयपत्र दिने योजना रहेको छ ।
नगरपालिका कार्यालयमा भनें प्रत्येक महिनाको १५ र ३० गते अपाङ्गता परिचयपत्र वितरण गर्दै आएको छ । यसक्रममा हालसम्म नगरबाट २ सय जनाले परिचयपत्र लिइसकेका छन् ।