चैत २ गते, कानेपोखरी । डिभिजन वन कार्यालय विराटनगर मोरङको आयोजनामा वन डढेलो नियन्त्रण पूर्व तयारी सम्बन्धि एक दिने गोष्ठी सम्पन्न भएको छ ।
सव डिभिजन वन कार्यालय कानेपोखरीको व्यवस्थापनमा शनिबार कानेपोखरी–७, स्थित वन कार्यालयमा गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा चिंसाङ पूर्व–डाँस खोला पश्चिमका ९ वटा सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधि, वन कर्मचारीहरु उपस्थीत रहेका थिए ।
कार्यक्रममा प्र्रोजेक्टर मार्फत सव डिभिजन वन कार्यालय कानेपोखरी अधिकृत तुलसीदास यादवले प्रशिक्षण दिएका थिए । डिभिजन वन कार्यालय मोरङको बार्षिक तालिका अनुसार चैत्र १ गते देखि ७ गते सम्म साप्ताहिक वन डढेलो नियन्त्रणको लागी आ–आफ्नो सामुदायिकमा झरेको पत्ता सरसफाई गर्नुका साथै नियन्त्रण बारेमा पूर्व तयारी गर्दै र्याली गर्ने गरेका थिए ।
यस पटक विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले गर्दा गत बर्ष र्झै यस पटक नहुँने बताउँर्दै आ–आफ्नो सामुदायिक वन डढेलोको नियन्त्रण गर्ने गरी काम गर्ने तर र्याली नगर्ने बताएका छन् । सव डिभिजन वन कार्यालय कानेपोखरीले ग्रामीण सुधार, जनजागृती, ज्योति सामुदायिक वन, ग्रामीण सृजना सामुदायिक वन, लक्ष्मि साुमदायिक वन, महिला जागृगी, सिता छधारे, भुल्के पशुपति र डाँसमोरङ्गी गरी जम्मा ९ वटा सामुदाकि वन रेखदेख गर्दै आएको छ ।