अर्जुन जम्मेली राई, चैत्र ६ गते, विराटचोक । १ नम्बर प्रदेशका उध्योग, पर्यट्न वन तथा वातावरण मन्त्री बिजयकुमार विश्वासले चलिरहेको हिउँदे अधिबेशनले प्रदेशको नाम राख्ने बताएका छन । मोरङको सुन्दरहरैचा–६, लाटीझोडा साझेदारी वन व्यवस्थापन समूहको बार्षिक साधारण सभामा बोल्दै मन्त्री विस्वासले सो कुरा बताएका हुन ।
मन्त्री विश्वासले नाम सर्बसहमतिको आधारमा ल्याउन पहल भइरहेको बताए । मन्त्री विश्वासले किरात, कोशी, सगरमाथा अगायतबाटै सर्वसहमती खोज्ने प्रयास भइरहेको बताए । तीन दिन अघि बसेको नेकपाको संसदीय दलको बैठकमा नाम यहि अधिवेशनले ल्याउने छलफल भएको उनले बताए । प्रदेशको राजधानी बृहतराटनगर भनेर निर्णय भएकोले अब इटहरी, मोरङको बिराट चोक लगायत स्थानमा जग्गा खरिद गरेर निर्माण कार्य थालिने बताए । यो वीचको सडकहरु चारलाइनसम्मको बन्दै गरेको कारण १५÷२० मिनेटमा इटहरी, गोठगाउँ लगायतको क्षेत्रबाट विराटनगर पुगिने बताए ।
मन्त्री विस्वासले दुई बर्षमा व्यापक विकाश भएको बताए । प्रदेशको ५६वटै निर्वाचन क्षेत्रमा २८ देखि ८० करोडसम्मको बहुबर्षिय योजनामा सडक निर्माण, ८६ वटा मुख्यमन्त्री सडक निर्माण भइरहेको बताए । किसानको खेतमा पानी हुनुपर्छ भनेर सिंचाई, खानेपानी लगायतको बिषयमा तिब्र रुपमा बिकाश भइरहेको बताए । मन्त्री विश्वासले २०४०र०४२ सम्म दक्षिण बेल्टमा बस्ने बासिन्दाले बयल गाडा काठ दाउरा लाने गरेको उल्लेख गर्दै पछि त्यो अधिकार खोसिएको र साझेदारी वनबाट भारतको सिमाना छेउका जनताले पनि सुबिधा पाउनुपर्ने बताए ।
सरकारले प्रदेश १ मा जडिबुटी प्रशोधन केन्द्र निर्माण र बिरुवा उत्पादनको कार्यमा लागिरहेको बताए । प्रदेश सभामा वनको विधेकमा छलफल भइरहेकोले यहि अधिवेशनबाट पारित हुने बताए । लाटिझोडा साझेदारी वन समितिका संयोजक रुद्रप्रसाद पोख्रेलको अध्यक्षतामा भएको सभामा डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल गिमिरेले नेपालमा २०६१ बाट साझेदारी वन सुरु भएको हाल ११ वटा जिल्लामा ३१ वटा साझेदारी वन रहेको विवरण सुनाए । प्रदेश १ मा चार वटा मोरङमै मात्र साझेदारी वन रहेको छ ।
कार्यक्रममा साझेदारी वनका प्रदेश १ अध्यक्ष प्रकाश पौडेल, बुढिगंगा गाउँपालिका प्रमुख बालचन माझी लागायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा लाटिझोडा साझेदारी वनमा भएको वैग्यानिक वन व्यवस्थापनको दृश्यहरु देखाइएको थियो । वनका कर्मचारी हेरालुहरु र उपभोक्ताहरुलाई सम्मान गरेका थिए ।