चैत्र ६ गते, पथरी । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा राष्ट्यि युवा संघ नेपाल पथरीशनिश्चरे नगरकमिटिले हात सफा राख्ने सेनिटराइज र फ्लेक्स वितरण गरेको छ ।
विहिबार संघले जिल्लामा पहिलो पटक पथरीबजार क्षेत्रमा भेटिएका सर्वसाधारणहरुलाई समेत औषधिका रुपमा प्रयोग हुने सेनिटराइज हात हातमा लगाइ दिएर भाइरस संक्रमण रोक्ने उपाय अपनाएको हो । भीडभाडमा नजाने, नाक र मुख छोप्न मास्कको प्रयोग गर्ने, साबुन पानीले नियमित हात धुने र सेनिटराइजको समेत प्रयोग गर्न सचेत गराइएको छ ।
पथरीशनिश्चरे नगरपालिका कार्यालयमा कोरोना सचेतनाको फ्ेक्स व्यानर राखेर कार्यक्रम अघि सुरु गरिएको छ । कार्यालयमा सेनिटराईजको बट्टा नै दिइएको थियो । त्यस क्रममा संघका युवाहरु सँगसँगै रहेर नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितले नगरपालिका लाइन क्षेत्रमा सेनिटराईज, फ्लेक्स र पर्चा वितरणको काम गरेका छन् ।
संघले, इलाका प्रहरी कार्यालय पथरीमा सेनिटराईजको बट्टा वितरण गर्दै फ्लेक्स समेत प्रदान गरेको छ । संघले प्रदान गरेको सेनिटराइज पछि प्रहरी कार्यालयमा प्रवेश गर्नेहरुलाई साबुन पानीले अनिवार्य हात धुनुका साथै सेनिटराईज हातमा दलेर मात्र प्रवेश गराइएको छ । त्यहाँ रहेका थुनुवाहरुलाई समेत सेनिटराईज प्रयोग गर्न लगाइएको छ ।
पूर्व र पश्चिम वस स्टेण्डमा गएर वस, सीटी रिक्सा, टेम्पो सहितका सार्वजनिक यातायातका चालक र यात्रुहरुलाई समेत सेनिटराईजको आवश्यकता औंल्याउँदै हातमा दल्ने काम गराइएको छ । गोरर्खा डिपार्टमेन्ट स्टोरमा हात धुने कक्ष बनाउने र सेनिटराईज प्रयोग गराउन टोलीले अनुरोध गरेको छ ।
एनआइसी एशिया बैंक, ज्योति विकास वैंकमा समेत गएर सेवाग्राहीका हात हातमा सेनिटराईज लगाइदिने काम भएको छ । बैंकमा आउने ज्येष्ठ तथा अपांगता भएका सेवाग्राहीलाई बैंकले मास्क समेत वितरण गर्न संघले आग्रह गरेको पथरीशनिश्चरेका सहसंयोजक नवीनजंग कार्कीले जनाए ।
संघका केन्द्रीय सदस्य विजय डाँगी, जिल्ला अध्यक्ष नविन पौडेल, जिल्ला सदस्य मणि लिम्बू, भक्त राई, पथरीशनिश्चरे नगर संयोजक सुमन वनेम, सहसंयोजक नवीनजंग कार्की सहितको अगुवाईमा सेटिनटराईज र कोरोना सचेतनाको पर्चा वितरण भएको छ ।