कानेपोखरीमा हाटबजार बन्द गर्ने निर्णय

चैत्र ७ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिकाले गाउँपालिकाको क्षेत्रमा लाग्ने बजार शनिबार देखि लागुहुने गरी बन्द गराएको छ । कोरोना भाइरस रोकथाम गर्नको लागी बजार बन्द गर्ने निर्णय गरेको हो ।

शुक्रबार गाउँपालिका, प्रहरी, व्यापार संघ, क्लब, विभिन्न राजनीतिक दल लगाएतको बैठकले सो निर्णय पारित गरेको हो । गाउँपालिका क्षेत्र भित्र, रमाइलो बजार, बयरवन बजार, दलेली बजार, विहिबारे बजार लगाएत साना बजार गरी लगभग आधा दर्जन बजार हप्तामा दुईपटक र साप्ताहिक बजार लाग्र्दै आएको छ ।

सम्बन्धित खवर