चैत्र ७ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले गाउँपालिका क्षेत्रमा तीन स्थानमा हेल्थ डेक्स राख्ने निर्णय गरेको छ ।
कोरोना भाइरस अरुलाई सर्न नदिन तथा रोकथामको लागी कानेपोखरीमा तीन स्थानमा हेल्थ डेक्स राख्ने निर्णय गरेको हो । वडा नं. ७ को कानेपोखरी चोक, वडा नं. २ को दलेली बजार र वडा नं. १ को होक्लाबारीमा राख्ने निर्णय गरेका छन् ।
यस हेल्थ डेक्स राख्दा चाहिने सामाग्री खरिद गरी सुरु गरिने स्वास्थ शाखा प्रमुख रोहिन्द्र कुमार राजभण्डारीले बताए ।