मङ्लबार, बैशाख १५, २०८३

नेकपाद्रारा पैनीको बाँध निर्माण

चैत्र १०, कानेपोखरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ४ नं. वडा कमिटिको आयोजनामा पार्टी कार्यकर्ताले जनश्रमदान गरेको छ ।


वडा नं. ४, नारायण चोककी रामकुमारी चौधरीको ६ कट्ठा जग्गामा रहेको झलझले पैनीको बाँध बाँधेर श्रमदान गरेको हो । बर्षाको समयमा पैनी र झकासको पानीले बाँध फुटाएर खेतमा बालुवा लगाईदिने गरेको छ ।


सोही ठाउँमा बाँधलाई उच्च बनाएर पैनी खेतमा पस्नबाट रोक्नको लागी बोरामा माटो भरेर बाँधबाँधिएको थियो । बाँधमा नेकपा कानेपोखरी गाउँकमिटि अध्यक्ष भोला अधिकारी, सचिव मनोज राजवंश, वडा कमिटि अध्यक्ष टेकबहादुर तामाङ, गाउँपार्टी सदस्य डम्बर कटुवाल, नगेन्द्र बस्नेत, चित्र राई लगाएत ४० जनाले जनश्रमदान गरेको डम्बर कटुवालले बताए ।

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2026 Nigranitimes.