चैत्र ११, विराटनगर । प्रदेश नं १सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि १० करोडको कोष खडा गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नं १ कोरोना जनसुरक्षा कोष खडा गर्नुका साथै उक्त कोषमाप्रदेश सरकारका तर्फबाट १० करोड रकमजम्मा गरेको छ ।
उक्तकोषमा मुख्यमन्त्री सहितमन्त्री र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको छ । मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीतथामन्त्रिपरिषद् कार्यालयमा कोरोना इन्फरमेसन डेक्स स्थापना गर्ने निर्णय भएको छ ।
सबै मन्त्रालयहरुमा एक जनाअधिकृतस्तरको कर्मचारीलाई कोरोना फोकल पर्सनको रुपमातोकीप्रत्येक दिनइन्फरमेशन डेक्समा कोरोना सम्बन्धि सूचनाहरु उपलब्ध गराउने छन् ।