चैत्र १२ गते, कानेपोखरी । मोरङको कानेपोखरीमा राट्रिय युवा संघ नेपाल कानेपोखरीले घरमा हँुदा मात्र खानेहरुको पहिचान गरी खाद्यन्न सहयोग सुरु गरेको छ ।
बुधबार कानेपोखरी–४, स्थित माझी गाउँकी रमा माझीलाई २० केजी चामल, २ लिटर खाने तेल, दाल लगाएतको सामाग्री सहयोग गरेको हो । कानेपोखरी ६, निवासी अनिता पौडेलले आर्थिक सहयोग गरेपछि सो बराबरको खाद्यन्न खरिद गरी संघले हस्तान्तरण गरेका थिए ।
राट्रिय युवा संघ नेपाल मोरङका अध्यक्ष नविन पौडेल, राट्रिय युवा संघ नेपाल कानेपोखरी गाउँपालिका अध्यक्ष कुमार फुयल, गाउँपार्टी अध्यक्ष भोला अधिकारी, गाउँपार्टी कार्यालय सदस्य दानबहादुर बस्नेत लगायतले हस्तान्तरण गरेका थिए । खाद्यन्न खरिद गर्नको लागी रकम संकलन सुरु भएको छ ।
रकम अथवा खाद्यन्न संकलन गरी दैनिक ज्याला मज्दुरी गरेर खानेको पहिचान गरी राहत वितरण गरिने राट्रिय युवा संघ नेपाल मोरङका अध्यक्ष नविन पौडेलले जनाए । त्यसैगरी राट्रिय युवा संघ नेपाल कानेपोखरीले सुरक्षाकर्मी र स्थानीयलाई मास्क पनि वितरण गरेको अध्यक्ष कुमार फुयलले बताए ।