चैत १७ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले कोरोना भाइरस जोखिम न्यूनिकरण तथा राहत व्यवस्थापनका लागि समिति निर्माण गरेको छ ।
सोमबार नगरपालिका, इलाका प्रहरी र पथरी उद्योग वाणिज्य संघका प्रतिनिधिहरु सहितको बैठक बसी नगर प्रमुख दिलीपकुमार राईको संयोजकत्वमा ६ सदस्यीय समन्वय समिति गठन गरिएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले बताए ।
समितिको सदस्यहरुमा, नगर उपप्रमुख यमुना विष्ट वास्तोला, नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेत, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी दिलीपकुमार गिरी र नगरपालिका कर्मचारी लुकनाथ पोखरेलाई चयन गरिएको छ । कम्तिमा डेढ मिटरको दुरी तय गरी नगर प्रमुख राईको अध्यक्षतामा बैठक बसेको थियो ।
बैठकले, प्रत्येक वडाबाट दैनिक ज्यालादारी मजदुरको संख्या २ दिनभित्र संकलन गरी नगरपालिकामा पठाउने र उनीहरुका लागि वडासागको समन्वयमा एकद्धार प्रणालीबाट राहत व्यवस्थापन तथा वितरण गर्ने पनि निर्णय भएको छ । वडाहरुमा वडाध्यक्षको संयोजकत्वमा दैनिक ज्यालादारी मजदुरको पहिचान गरी राहत व्यवस्थापनका लागि समिति समेत गठन गरिने छ । चैत १ गतेयता विदेशबाट घर फर्किएका नागरिकको विवरण वडा कार्यालयमार्फत संकलन गर्ने पनि बैठकले निर्णय गरेको छ ।
कोरोनाको ‘लकडाउन’लाई कडाईका साथ पालना गर्न लगाउने तथा अत्यावश्यक पर्ने खाद्यान्न, सागसब्जी, दुध, फलफुल, औषधिको सुरक्षित व्यवस्थापन गर्ने कुरामा बैठकले जोड दिएको छ । यसका साथै नगरपालिका, वडा क्षेत्रमा कोरोना संक्रमणबाट वच्ने औषधि छर्किएर निर्म्लिकरण (डिसइन्फेक्टेड) गराउने समेत निर्णय गरेको छ । बैठकमा नगरका वडाध्यक्ष सहितको सहभागिता रहेको थियो । बैठकमा समन्वय समितिका सदस्य दीपक वस्नेतले राहत कोषका लागि व्यक्तिगतरुपमा १ लाख १ हजार रुपैयाा प्रदान गर्ने घोषणा ग