कानेपोखरी गाउँपालिकाले १ हजार १० घरपरिवारलाई राहत वितरण गर्दै

चैत १९ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले विपन्न तथा मजदर गरेर विहान बेलुकी छाक टार्ने एक हजार १० घरपरिवारलाई राहत वितरण गर्ने निर्णय गरेको छ ।

कानेपोखरी गाउँपालिका अध्यक्ष तारबहादुर काफ्लेको अध्यक्षतामा विभिन्न पार्टी प्रतिनिधि सहितको बैठकले सो निर्णय गरेको हो । प्रत्येक परिवारले २० केजी चामल, १ लिटर तेल, १ पोका नुन, १ थान हात धुने साबुन र १ केजी दाल पाउने भएको छ ।

वडा नं. ७ बाट राहत वितरण गरिने वडाध्यक्ष मोहन प्रसाद अधिकारीले बताए । गाउँपालिकाले अघि ७ वटै वडाकार्यालयहरुलाई दैनिक ज्यालादारीमा मजदुरी गरेर विहान बेलुकी छाक टार्ने व्यक्तिहरुको पहिचान गरी नामवली गाउँपालिका पठाउन निर्देशन गरेका थिए ।

सोही अनुरुप प्रत्येक वडाबाट नामवली पालिका आएपछि मंगलबार बैठक बसी नामवली तयार, राहत कसरी वितरण गर्ने, कति कति वितरण गर्ने भन्ने बारेमा टुङ्गो लगाएको राहत वितरण समितिका सदस्य भोला अधिकारीले बताए ।

वडा नं. १ मा ८० जना, २ मा २२५ जना, ३ मा १७५ जना, ४ मा १०० जना, ५ मा २५० जना, ६ मा १०० जना र ७ मा ८० जना गरी जम्मा १०१० जनालाई राहत वितरण गर्ने भएको छ ।

त्यसैगरी वडा नं. ७ ले वडाका थप ४१ जनालाई राहत वितरण गर्ने भएको छ । विपन्न तथा दैनिक ज्यालादारीमा मजदुर गरेर खानेलाई एक परिवारमा १ जना र दुई जना मात्र भएको पहिचान गरी प्रत्येक परिवारलाई १० केजी चामल, १ केजी दाल, १ लिटर तेल र १ थान साबुन दिइने निर्णय गरेको वडाध्यक्ष अध्यक्ष मोहन प्रसाद अधिकारीले बताए ।

जनमुखी साकोसले १५ हजार र जनसम्र्पक साकोस, मातृभूमी कृषि सहकारी, दिगोपन सामाजीक उद्योम संस्थाहरुले १० हजारको दरले राहत वितरणको लागी आर्थिक सहयोग गर्ने भएपछि थप ४१ जनालाई राहत प्याकेज अघि बढाएको अध्यक्ष अधिकारीले बताए ।

पालिकाको अध्यक्ष ताराबहादुर काफ्लेको अध्यक्षता, उपाध्यक्ष राजमती इङ्नाम, सदस्यहरु नेकपाबाट भोला अधिकारी, नेकाबाट योगेन्द्र दाहाल, पालिकाको प्रशासनफाटबाट गोविन्द्र फुयल, रमाइलो व्यापार संघबाट डिल्ली फुयल र रमाइलो प्रहरी चौकीबाट सुमन श्रेष्ठ रहेको राहत व्यावस्थापन समिति गठन गरेको छ ।

पालिकाले प्रत्येक वडामा मंगलबार नै दुई दलका प्रतिनिधि, वडाध्यक्ष, वडासदस्य, प्रहरी, व्यापार संघ, बजार व्यावस्थापन समितिका प्रतिनिधि रहने गरी राहत व्यावस्थापन समिति गठन गर्न निर्देशन दिएपछि ७ वटै वडाले समिति गठन गरिसकेको छ ।

सम्बन्धित खवर