विदेशबाट घर आएकालाई स्वास्थ्य अवस्था बुझ्न घरघर पुगे मेयर

चैत १९ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा कोरोना भाइरसबाट बच्न घरभित्रै वस्न गरिएको लकडाउनको समयमा विदेशबाट आएका व्यक्तिहरुको घर घरमा गएर उनीहरुको स्वास्थ्य अवस्था बुझ्ने काम भइरहेको छ ।

बुधबार नगर प्रमुख दिलीपकुमार राई, वडाका जनप्रतिनिधि तथा नगर जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य सहितका स्वास्थ्यकर्मीको टोलीले विदेशबाट आएकाहरुको स्वास्थ्य अवस्था बुझ्ने काम गरेको हो ।

जसमा, वडा नम्वर ३, ६, ८ र ९ मा विदेशबाट आएका र तिनका परिवारलाई भेटेको छ । विदेशबाट आएको १४ दिन कटिसकेको अवस्था भएको र उनीहरुको स्वास्थ्यमा पनि समस्या नदेखिएको भएपनि घरभित्रै स्वत क्यारेन्टाइनमा वस्न आग्रह गरिएको जनस्वास्थ्य निरीक्षक आचार्यले बताए । प्रत्येक वडाबाट विदेश गएर आएकाहरुको तथ्यांक संकलन कार्य समेत भइरहेको छ ।

सम्बन्धित खवर