चैत २० गते, कानेपोखरी । कोरोना भाइरसबाट बच्न नेपाल कम्युनिष्ट पार्टी९नेकपा० कानेपोखरीले वडा नं। १ मा ३ सय मास्क वितरण गरेको छ । वडा नं। १ मै गएर बृद्ध–बृद्धाहरुको लागी घरघरमा गएर १ थान मास्क र १ थान हात धुने साबुन वितरण गरेको हो ।
नेकपा जिल्ला कमिति सचिवलाय सदस्य तथा गाउँपालिका उपाध्यक्ष राजमती इङ्नाम, जिल्ला सदस्य तथा गाउँ कमिटि अध्यक्ष भोला अधिकारी, वडा नं। ६ वडाध्यक्ष तथा गाउँ कमिटि सदस्य खड्ग बस्नेत र गाउँ कमिटि कार्यालय सदस्य दानबहादुर बस्नेत लगाएतको उपस्थीतमा वितरण गरेको हो ।
गाउँपालिकाको अन्य सवैवडामा वडाकार्यालयले नै वितरण गरेको भएता पनि वडा नं। १ मा वडाकार्यालयले वितरण नगरेपछि मास्कको माग आएपछि वितरण गरेको गाउँ कमिटि अध्यक्ष भोला अधिकारीले बताए ।