राहतको लागी वडाका जनप्रतिनिधिहरुले एक महिनाको तलब दिने

चैत २१ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका स्थित वडा नं. २ को जनप्रतिनिधिहरुले १ महिनाको तलब राहत वितरणको लागी दिने निर्णय गरेको छ ।

कोरोना भाइरसको कारण देश लकडाउन भएको धेरै दिन भएपछि दैनिक ज्यालादारीमा काम गरी खाने मदजुरहरुको लागी वडाका अध्यक्ष सहित ४ जना सदस्यले एक महिनाको तलब राहत वितरणको लागी दिइने घोषना गरेका हो ।

विहिबार वडाकार्यालयमा बैंठक पछि उनिहरुले सो को निर्णय गरेका थिए । वडाध्यक्ष सुशिल बुढाथोकीले १९ हजार ८ सय, वडासदस्य अर्जुन कुमार मगर, कलावती ऋषिदेव, नर बहादुर भण्डारी र सावित्री चौधरीको ७ हजार ४ सयको दरले जम्मा ४९ हजार ४ सय रुपैया छुटएको वडाध्यक्ष सुशिल बुढाथोकीले बताए । जनप्रतिनिधिहरुबाट यस्तो राहत प्याकेजको घोषना कानेपोखरीमा पहिलो हो ।

सम्बन्धित खवर