चैत २१ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको राहत कोषमा २ लाख ३५ हजार १ सय रुपैयाँ जम्मा भएको छ ।
‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ को एनआइसी एशिया बैंकको खातामा हालसम्म २ लाख ३५ हजार १ सय रुपैयाँ जम्मा भएको हो । जहाँ जहाँ जो जोबाट सहयोग आएपनि नगरस्तरीय सो समितिमार्फत एकद्वार प्रणालीमा मात्रै राहत व्यवस्थापन र वितरण गरिने समिति संयोजक एवम् नगर प्रमुख दिलीपकुमार राईले बताए ।
नगरपालिकाको विपद व्यवस्थापनको समेत बजेटमा थप कोष जम्मा गरी वडा वडामा राहत उपलब्ध गराइने छ । राहत उपलब्ध गराउन इच्छुक जो कोहीलाई समितिले सञ्चालन गरेको राहत कोषको ०८४४१५००२७७५६००२ नम्बरको खातामा रकम जम्मा गर्न आव्हान समेत गरिएको छ ।
दाताहरुको नामावली :
१, दीपक वस्नेत, (पथरी शनिश्चरे –१) १ लाख १ हजार
२, लर्डबुद्ध सहकारी (प श, २ ) २० हजार १
३, महिला जातृति सामुदायिक वन (प श, ९) १५ हजार
४, सागर तुम्वापो (प श ३, हाल इजरायल) १५ हजार
५, रोशन खरेल (प श, ९) १० हजार
६, महेन्द्रचोक जेसीवी सञ्चालक टिम (प श, ९) ३ हजार
७, मनकामना सहकारी संस्था लि. (प श १) २१ हजार
८, काँशीराज राई ( प श ७, ) १० हजार
९, अनोज घिमिरे ( प श १०, ) १० हजार
१०, हरिराज प्याकुरेल ( प श १) ५ हजार १ सय
११, उत्साही साना किसान सहकारी संस्था (प श)
( कृषि विकास बैंकमार्फत) २५ हजार