चैत २२ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका क्षेत्र भित्र रहेको विभिन्न संघसंस्थाले संकलित राहत सामाग्री गाउँपालिकालाई हस्तान्तरण गरेका छन्
पालिकाका ४ संस्थाले शुक्रबार गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लाई हस्तान्तरण गरेको हो । नेपाल कम्युनिष्ट पार्टी २ नम्बर वडा कमिटिले ५३, जनएकता साकोसले ५०, रमाइलो साकोसले ५०, र जीवन विकास संस्थाले ४७ गरी जम्मा २ सय घरपरिवारलाई पुग्ने गरीको राहत सामाग्री तयार पारेर गाउँपालिकालाई हस्तान्तरण गरेका थिए ।
जनएकता साकोसबाट उपाध्यक्ष त्रिभुनाथ फुयल, सचिव अम्बिका अर्याल, रमाइलो साकोसबाट सदस्य गणेश सुवेदी र नेकपा पार्टी २ नं. वडाकमिटिबाट तारा ओझा राजवंशी लगाएतले राहत हस्तान्तरण गरेका थिए । सो खाद्यान सामाग्री शुक्रबार नै २ नम्बर वडाकार्यालयले विभिन्न राजनीतिक दल, प्रहरी सहित ऋषिदेश बस्ती तथा सुकुम्वासी बस्तीको घरघरमा गएर गाउँपालिकाको राहतको प्याकेज सहित शुक्रबार नै वितरण गरेको वडाध्यक्ष सुशिल बुढाथोकीले बताए ।
उनिहरुले १ घरपरिवार बराबर २० केजी चामल, १ केजी दाल, १ लिटर तेल र १ थान हात धुने साबुन गरी जम्मा १ हजार ५० रुपैया बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो ।