Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/nigaranitimes/public_html/wp-config.php on line 94
राष्ट्रिय युवा संघको रक्तदानमा ६३ पिन्ट रगत संकलन - Nigranitimes

राष्ट्रिय युवा संघको रक्तदानमा ६३ पिन्ट रगत संकलन

चैत २५ गते, पथरी । लकडाउनको करण रगत अभाव भएको बेला नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को जनवर्गिय संगठन राष्ट्रिय युवा संघ नेपाल पथरीशनिश्चरे नगर समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।


मंगलबार पथरीबजारमा भएको रक्तदान कार्याक्रममा ६३ पिन्ट रगत संकलन भएको संघको जिल्ला सदस्य मनि लिम्बुले बताए । रक्तदान कार्याक्रममा प्राविधिक सहयोग बीपी कोइराला स्वास्थ्य विज्ञन प्रतिष्ठानले गरेका थिए ।

कार्यक्रममा संघको केन्द्रीय सदस्य बिजय डागी, जिल्ला सदस्य मनि लिम्बू, नगर संयोजक सुमन वनेम, सहसंयोजक नवीनजंङ कार्की, पथरी उध्योग वाणिज्य संघको अध्यक्ष दीपक बस्नेत गरी जम्मा ६३ जनाले रगत दिएका थिए ।

कोरोनाभाइरस नियन्त्रण गर्न सरकारले लामो समयदेखि लकडाउन भएपछि रगत अभाव भएको छ । उक्त अभाव पुर्ती गर्न सहयोग र्पुयाउने उदेश्यले संघले रक्तदान कार्यक्रम गरेको हो ।

सम्बन्धित खवर