पथरीशनिश्चरे नगरद्धारा ३ वटा वडामा राहत वितरण

चैत २५ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले मंगलबार वडा नं. ५, ६ र १० गरी जम्मा ३ वटा वडामा राहत वितरण गरेको छ । कोरोना भाइरसको संक्रमण रोक्न गरिएको बन्दका कारण बढी समस्यामा परेका दैनिक ज्यालामजदुरी गर्नेका लागि राहत वितरण गरेको हो ।

स्वास्थ्य सतर्कताका साथ दुरी कायम गरी सवैको हातमा सेनिटाइजर लगाइदिएर ‘कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समिति’ राहत व्यवस्थापन तथा वितरण समिति र वडास्तरीय समिति मार्फत राहत वितरण गरिएको हो । वडा नम्वर ५ मा ५ सय ५९, ६ मा ५ सय ६९ र १० मा ५ सय ८२ जनालाई राहत वितरण गरिएको हो ।

२ जनासम्मको परिवारलाई प्रति परिवार १२ केजी चामल, २ भन्दा बढी सदस्य रहेका परिवारलाई २५ केजी चामल तथा सवैका लागि प्रति परिवार २ केजी दाल, १ केजी नून, १ लिटर खानेतेल र २ वटा साबुन राहतका रुपमा वितरण भएको छ ।

कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिका सदस्य तथा राहत व्यवस्थापन तथा वितरण समिति संयोजक नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा राहत वितरण भएको छ ।


वितरणमा समन्वय समितिका सदस्य दीपक वस्नेत, राहत व्यवस्थापन तथा वितरण समिति सदस्यहरु २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईं, ८ नम्वर वडाध्यक्ष बाबुराम दहाल, ६ नम्वर वडाध्यक्ष जयबहादुर तामाङका साथै ५ नम्वर वडाध्यक्ष जोगबहादुर धिमाल, १० नम्वर वडाध्यक्ष सागर राई, राजनीतिकर्मी चन्द्रकुमार राई, दुर्गाप्रसाद भट्टराई, वडा सदस्य, वडास्तरीय राहत वितरण समितिका सदस्य, कर्मचारी, समाजसेवी, युवा सहितको सहभागिता रहेको थियो ।

अव, वाँकी रहेको १ नम्बर वडामा राहत वितरण गरिने राहत वितरण तथा व्यवस्थापन समिति संयोजक एवम् नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले बताए ।

सम्बन्धित खवर