अर्जुन जम्नेली राई, चैत २६ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा कोरोनाभाइरस संक्रमणको बेला कालो बजारी, खाद्या लगायतको समस्या भएमा नगरपालिकाले तुरुन्त समाधान गर्न ‘क्वीक रेस्पोन्स’ हुने भएको छ ।
नगरको उप(प्रमुख यमुना बिष्ट बास्तोलाले समस्या समाधानको लागि ञहेल्लो उपप्रमुख क्विक रेस्पोन्स कार्यक्रम सुरुवात गरेकी छन ।
कोरोना संकटको अवसर पारेर कसैले कालो बजारी गरेको तथा मजदुर बर्ग भोकै सुत्न परेको र नगरभित्रको कुनैपनी समस्या समाधान गर्नका लागि सिधा उपप्रमुख सग सम्पर्क गर्न यो कार्यक्रम सुरु भएको बुझिएको छ ।
कोरोनाभाइरस नियन्त्रणको लागि लामो लकडाउन भएपनी हालसम्म ब्यापारिहरुले अस्वभाविक मूल्य बढाएको देखिन्दैन । सुरुमा एक दुई वटा पसलले मूल्य बढाएको प्रमाणित भएपछि उपप्रमुख यमुना बिष्टको टोलिले कार्बाही गरेको थियो ।