चैत २६ गते, कानेपोखरी । कोरोना भाइरस संक्रमण रोकथाम गर्ने उद्देश्यले प्रहरी विभागको अभियान अन्तरगत इलाका प्रहरी कार्यालय पथरीले गाउँपालिकाको विभिन्न वडामा युवा स्वयंसेवक समिति गठन गरेको छ ।
पालिकाको सुरक्षालाई थप मजबुद बनाउन इप्रका पथरीका डिएसपी दिलिप कुमार गिरीले बुधबार वडा नम्बर ६ मा ‘प्रहरीको साथी म’ लेखिएको टिस्ट हस्तान्तरण गरेको छ । डिएसपी गिरीले गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नामलाई हस्तान्तरण गरेको हो ।
वडा नं. ४,५,६ र ७ मा युवा स्वयंसेवक समिति गठन भैसकेको छ । अन्य बाँकीमा तत्काल गरिने डिएसपी गिरीले बताए ।
पालिकाले प्रत्येक वडाका १० जना युवाहरु समेटेर स्वयंसेवक टिम तयार गरेको छ । इप्रका पथरीले क्रमश अन्य वडामा पनि अभियान संचालन गर्ने बताएको छ ।
पालिका अध्यक्ष काफ्लेले प्रत्येक वडामा स्वयंसेवक टिम भएपछि वडाका युवा र प्रहरीको साझेदारीमा कोरोना रोकथाममा उच्च सतर्कता अपनाउन सकिने बताए ।