चैत २७ गते, कानेपोखरी । राहत रकम अस्वीकार गरेको भन्दै प्रचार हुन थालेपछि मोरङको कानेपोखरी गाउँपालिकाले विहिबार बिज्ञप्ति प्रकाशन गरेर खेद ब्यक्त गरेको छ ।
बिराटनगरमा नोबेल मेडिकल अस्पताल सन्चालक सुनिल शर्माले बेलबारीमा कार्यक्रमको आयोजना गरि मोरङ ३ नम्बर निर्वाचन क्षेत्रमा पर्ने तीन वटा नगर र एउटा गाउँपालिकालाई राहत रकम हस्तान्तरण कार्यक्रम रहेको थियो । सो कार्यक्रममा सहभागी नभएको भन्दै सामाजिक सन्जालमा प्रचार हुन थालेपछी गाउँपालिकाको प्रवक्ता सुशिल बुढाथोकीले बिज्ञप्ती प्रकाशन गर्दै नबुझी भ्रम नछर्न आग्रह गरेका हुन ।
कानेपोखरी गाउँपालिकालाई सुनिल शर्माले राहत प्रदान गर्ने बारे सूचना नआएको आएको भए कार्यालयमै बोलाएर राहत रकम लिइने बिज्ञप्तीमा उल्लेख छ । देश, विदेशमा रहेका राहत दिन चाहने महानुभावहरुको लागि ल्क्ष्ऋ ब्कष्ब दबष्लप को म्घऋब् ण्ण्ण्ण्द्धछछठछद्दद्दण्घ मा जम्मा गरिदिन वा पालिकाको कार्यालयमा आएर नगद तथा जिन्सी सामान बुझाँउन उल्लेख छ ।
बास्तविकता नबुझी राहत रकम नै अस्वीकार गरेको भनेर गाउँपालिका विरुद्ध प्रचार भएको भन्दै खेद ब्यक्त गरिएको छ । निहित स्वार्थ राखेर यस्तो प्रचार नगर्न आग्रहसमेत गरेको छ ।
सोही गाउँपालिका घर भएका राष्ट्रिय युवा संघ नेपालको मोरङ जिल्ला संयोजक नवीन पौडेलले आफ्नो सामाजिक सञ्जाल फेसबुक स्टाटस मार्फत गाँस काटेर सहयोग गर्न चाहने गरिबले बैंक खातामा जम्मा गर्नुपर्ने धनी, पुँजिपतिले चाहिँ घरमा बोलाउदा घरघर वा जहाँ बोलायो त्यही स्थानीय सरकार प्रमुखहरु पुग्नु विभेद भएको प्रतिक्रिया राखेका छन ।
नोबेल अस्पताल संचालक शर्माले क्षेत्र नं.३ मा पर्ने बेलबारी, पथरी शनिश्चरे र सुन्दरहरैंचा नगरपालिकालाई राहत रकम हस्तान्तरण गरेका थिए ।
उनले बेलबारीका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीलाई ११ लाख ७५ हजार, पथरी शनिश्चरे नगर प्रमुख दिलिपकुमार राईलाई ९ लाख ८६ हजार र सुन्दरहरैंचा नगर प्रमुख शिवप्रसाद ढकाललाई ८ लाख ७५ हजारको चेक हस्तन्तरण गरेका थिए ।
सुनिल शर्मा गएको निर्वाचनमा सो क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट उमेद्वार हुन । शर्मा भनुभक्त ढकाल (हाल स्वास्थ्य मन्त्री)सँग पराजित भएका थिए ।
पथरी शनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राई, प्रशासकीय अधिकृत अम्बिका धमला हिजो सुनिल शर्माको निजी निबास बिराटनगर पुगेर एक लाख ११ हजार नगद थापेर आएका थिए । स्थानीय सरकार र प्रशासकीय अधिकृत आफ्नो मर्यादाको ख्याल नगरी ब्यक्तिको घरमा पुगेकोमा सामाजिक सन्जालमा निक्कै आलोचना भएको थियो ।