चैत २८ गते, कानेपोखरी । मोरङको कानेपोखरी –७, स्थित प्रगती टोलकी दुवै मृगौला पीडित ५४ बर्षिय निर्मला भूजेललाई स्थानीय भूपाल श्रेष्ठले ११ हजार आर्थिक सहयोग गरेका छन् ।
वि एण्ड वि कन्ट्रकसन कानेपोखरीका संचालक तथा मदन भण्डारी स्र्पोट एकेडेमी मोरङ जिल्ला अध्यक्ष भूपाल श्रेष्ठले थप उपचारको लागी सो रकम खार्थिक सहयोग गरेको हो । श्रेष्ठले रकम सहित ३० केजी चामल, १ काटन चाउचाउ, ६ वटा साबुन, १ केजी चामल, १ केजी मटर, २ केजी दाल, २ केजी चिउरा र १ केजी नुन पनि राहत स्वरुप हस्तान्तरण गरेका थिए ।
हस्तान्तरण कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष चरण गुरुङ, नेकपा वडा नं. ७ का वडाध्यक्ष गोविन्द न्यौपाने, सचिव हरि न्यौपाने, भूजेल सेवा समिति कानेपोखरीका अध्यक्ष युवराज भूजेल सहित उपस्थीत रहेका थिए ।
४ बर्ष अघिबाट निर्मला दुवै मृगौलाले काम गर्न छाडे पछि पीडित बन्दै आएकी छिन् । हप्तामा तीन पटक डायलोसिस गर्न विराटनगर जानुपर्ने हुन्छ । डायलोसिस संगै हप्ताको तीनै पटक तीन पाउण्ड रगत पनि दिनुपर्ने हुन्छ ।
भूजेल समाज सेवा समिति कानेपोखरीले संकलन गरेको ६० हजार रकम यस अघि गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नामको उपस्थितमा पीडित निर्मला भूजेललाई हस्तान्तरण गरेका थिए ।
भूजेल समाज सेवा समिति कानेपोखरीले राष्टिय बाणिज्य बैकमा खाता खोली सहयोग गर्न चाहानेहरुका लागी खाता नं. २४३०००२९४२०१ पनि सामाजिक संञ्जालमा राख्दै सहयोग गर्न समेत आग्रह गरेका छन् ।