अशोक फुयल, चैत २८ गते, रमाइलो । मोरङको कानेपोखरी गाउँपालिका जनप्रनिधिहरुले आफ्नो एक महिनाको तलब कोरोना भाइरस पीडित दैनिक ज्यालादारी गरी खाने मजदुरको घरपरिवारलाई राहत दिने निर्णय गरेको छ ।
गाउँकार्यपालिका १५ जना सदस्यले आफ्नो एक महिनाको तलब दिने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष तारबहादुर काफ्ले, उपाध्यक्ष राजमती इङ्नाम, कार्यपालिका सदस्य तथा वडाध्यक्षहरु सुशिल बुढाथोकी, चरण गुरुङ, खड्ग बस्नेत, मोहन प्रसाद अधिकारी, धनबहादुर राई, क्रितीमान मादेन र दिपेश कार्की रहेका छन् ।
त्यसैगरी कार्यपालिका सदस्य सावनी माझी, नरबहादुर धिमाल, शिवकुमार राजवंशी, पदमा कार्की गुरुङ, निर्मला भण्डारी र पर्मिला मोतेले आफ्नो एक महिनाको तलब दिने दुई हप्ता अघि निर्णय गरेको उपाध्यक्ष राजमती इङ्नामले बताइन ।
सो रकम गाउँपालिकाको आकस्मिक राहत कोषको बैंक खाता नं. D3CA000455752403 एनआईसी एसिया बैंकमा जम्मा गर्ने भएको छ । यस अधि वडा नं. ७, ५, ६, ४, र २ ले पनि वडाका सवै सदस्यहरुले गाउँपालिकाको आकस्मिक राहत कोषको बैंक खाता नं.मा जम्मा गर्ने निर्णय गरेको छ ।