चैत २९ गते, पथरी । पछिल्लो समयमा विदेशबाट आएका मोरङको पथरीशनिश्चरे नगर क्षेत्रका १० जनालाई क्वारेन्टाइनमा राखिएकोमा ९ जनालाई कोरोना भाइरसको कुनै संक्रमण नदेखिएपछि घर पठाइएको छ ।
मिक्लाजुङस्थित टाँडीको क्वारेन्टाइनमा राखिएका १० मध्ये ९ जनालाई घर फिर्ता गरिएको पथरीशनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले जनाए ।। ९ जनालाई क्वारेन्टाइनबाट जिम्मा लिएर नगर प्रमुख राईले ल्याएका थिए ।
हालसम्म कुनै स्वास्थ्य समस्या नदेखिएका १ जनाको भनें स्वास्थ्य परिक्षण रिपोर्ट आउन बाँकी रहेको छ ।