राहतको नाममा कांग्रेसले थाल्यो राजनीति

चैत २९ गते, कानेपोखरी । कोरोनाभाइरस सँग विश्व जगत र आम नेपाली लडिरहेको बेला मोरङ ३ नम्बर क्षेत्रमा नेपाली काग्रेसका सुनिल शर्मा र उनका भक्तहरुले राहतको नाममा चरम राजनीतिक गर्ने प्रयासमा जुटिरहेका छन ।

कोरोना बिरुद्ध लड्न लामो समयदेखि लकडाउनको कारण प्रभावित मजदुर बर्गलाई स्थानीय तहहरुले राहत वितरण गर्दै आएको छ । राहत दिन चाहने महानुभावहरुलाई सहयोग गर्न आव्हान पनि गरेको छ ।

यसै क्रममा नेपाली कांग्रेसको महासमिती सदस्य सुनिल शर्माले ३ नम्बर क्षेत्रमा पर्ने पथरीशनिश्चरेका नगर प्रमुख दिलिपकुमार राईलाई निजी निबासमा बोलाएर एक लाख ११ हजार हातमा लगाई दिएका थिए ।


नगर प्रमुखलाई चैत्र २७ गते पथरीदेखी विराटनगर स्थित आफ्नै घरमा बोलाएर एक लाख ११ हजार रकम हातमा लाईदिनु आफैमा राजनीति छदैथियो ।

त्यही बिषयमा नेपाली कांग्रेस पथरीशनिश्चरे फेसबुक पेजमा सुनिलको प्रशंसा र स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई गाली गलैज गर्नु राहतको नाममा राजनीति सुरु भएको पुष्टि हुन्छ ।

चैत्र २८ गते लकडाउनमा राज्यले दिएको निर्देशन विपरित भीडभाड र तामझामको साथ चार वटा स्थानीय तहको प्रमुख नै बोलाएर राहतको नाममा विज्ञप्ती गर्नु आफैमा राजनीतिक थियो । ३ नम्बर क्षेत्रको स्थानीय तह सबैको खाता हुँदाहुँदै नगर प्रमुखहरु आएमात्र राहत दिन्छु भन्नू राजनीतिक ब्लाक मेलिङ नै बुझ्न सकिन्छ ।

त्यहाँ सहभागी नहुने कानेपोखरी गाउँंपालिलाई वा सुनिल शर्मासँग नझुक्दा रकम दिन्न भन्नू आफैमा राजनीति हुँदैन र ? त्यति मात्र होइन कानेपोखरीले शर्माको राहत अस्विकार गरेको प्रचार गर्नु पनि राहतको नाममा राजनीति थियो । राहत रकम लिन बेलबारी नजानुको कारण कानेपोखरीले बिज्ञप्ति निकालेरै स्पष्टीकरण दिइसकेको छ ।

स्पष्टीकरण आइसकेपछि नेपाली कांग्रेस कानेपोखरीको सभापति योगेन्द्र दाहालको नामबाट जारी भएको बिज्ञप्ति र नेपाली काग्रेस पथरीशनिश्चरे पेजमा सुनिल शर्मालाई देवत्वकरण र स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई होच्याउने शब्दहरु प्रयोग हुनु राहतको नाममा कांग्रेसले राजनीति शुरु गरेको पुष्टि हुन्छ ।

यति मात्र होइन पथरीशनिश्चरे नगरपालिका–४ मा केही घरपरिवारलाई राहत वितरण छुटेको बिषयमा कांग्रेस लागेर तिललाई पहाड बनाउने प्रयास पनि राहतलाई राजनीतिकारण गर्ने प्रयासकै रुप हो ।

पथरीशनिश्चरे –४ मा राहत वितरणमा केही घरपरिवार छुट्नु वडाध्यक्षको अपराध मान्न सकिन्छ ? राहत पाउने परिवारको नाम संकलन अध्यक्षले मात्र गर्छ कि सदस्य वा त्यहाँ गठन भएका समितिले ? के अन्य वडा कतै छुटेका हुँदैनन ? वडाध्यक्ष गोबिन्द भण्डारी भन्छन “केही भाइहरुले राजनीतिक इसु बनाउन खोजेका छन, म जुनसुकै प्रकारको आक्रमनको प्रतिरोध गर्न तयार छु ।”

सम्बन्धित खवर