कानेपोखरीबाट थप एकजना क्वारेन्टाइनमा लगियो, क्वारेन्टाइनमा जानेको संख्या ४ पुग्यो

एविन पाठक, बैशाख २ गते, कानेपोखरी । कोरोना भाइरस संक्रमणको आशंकामा मोरङको कानेपोखरी गाउँपालिकाबाट एकजना व्यक्तिलाई क्वारेन्टाइनमा लगिएको छ ।


आशंका गरिएको व्यक्ति ७२ बर्षिय पुरुष रहेको छ । उनलाई मंगलबार एम्बुलेन्स मार्फत विराटनगर स्थित कोशी अञ्चल अस्पतामा लगिएको हो । एक हप्ता अघि आशंका गरिएको व्यक्तिको घरमा भारतीय नागरीकको समूहहरु आएर केही समय घरमै बसेको बताइएको छ । ज्वरो आउने जस्ता लक्षणहरु देखा परेपछि स्थानीयको सहयोगमा गाउँपालिका स्वास्थ शाखाले क्वारेन्टाइनमा पठाएको स्वास्थ संयोजक रोहिन्द्र कुमार राजभण्डारीले बताए ।

अहिले गाउँपालिका भित्र बैदेशीक रोजगारबाट घर आउनेको संख्या ७५ जना पुगेको छ । जसमध्ये अष्टेलियाबाट घरआएका दम्पती विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान घोपाको आइसोलेन्समा नेगेटिभ देखिएपछि घर फर्केका छन् ।

त्यसैगरी दार्जिलिङबाट आएका वडा नं. ४ को एकजना पुरुष चैत १६ गते विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान घोपाको आइसोलेन्समा भर्ना भएको केही दिनमा स्वास्थ परीक्षणमा नेगेटिभ देखिएपछि घर फर्केको स्वास्थ संयोजक राजभण्डारीले बताए ।

सम्बन्धित खवर