शुक्रबार, मंसिर ५, २०८२

निबृत्त राष्ट्रसेवक समाजबाट २५ हजार सहयोग

बैशाख ५ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिले दैनिक ज्यालादारी मजदुर सहित अतिआवश्यक पर्नेहरुका निम्ति राहत जुटाउन खडा गरेको राहत कोषका लागि नगरको निबृत्त राष्ट्रसेवक समाजले २५ हजार रुपैयाँ प्रदान गरेको छ ।

समाजकी अध्यक्ष विष्णुकुमारी विष्ट, सचिव तिलकबहादुर श्रेष्ठ सहितको टोलीले कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समिति सदस्य एवम् उपप्रमुख यमुना विष्ट वास्तोलालाई सो रकम हस्तान्तरण गरेको हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.