लकडाउनको मौका छोपी पथरीमा अवैध रुख कटान

बैशाख ६ गते, पथरी । लकडाउनको मौका पारेर मोरङको पथरीशनिश्चरे–१, मा दिनदहाडै अवैध रुख कटान गरेको छ । पूर्वपश्चिम राजमर्गा अन्तरगत पथरी बजार देखि पूर्व धिमाल समुदायको सांस्कृतीक स्थलमा शुक्रबार दिउँसै अवैधरुपमा तीन वटा रुख कटान गरेको हो ।

शुक्रकार दिउँसो २ बजे दुई वटा रुख ढाली सकेपछि तेस्रो रुख ढाल्दै गर्दा सव डिभिजन वन कार्यालय पथरी र सव डिभिजन कार्यालय उर्लाबारी मंगलबारेको वन रक्षक टोली त्यहाँ पुगेका थिए ।

वन कार्यालय पथरीको प्रमुख महोमद अलाउदिनले रुख ढाल्ने पारस बुढाथोकी, शंकर लिम्बू पहिचान भइसकेको बताएका छन् । उनीहरु काम गर्ने लेबरहरु बुझिएको छ ।

कर्मचारी त्यहाँ पुग्दा अभियुक्तहरु फरार भएको अलाउदिनले बताए । घटना स्थलमै भेटिएको १ नम्बर वडा अध्यक्ष बाबुराम लिम्बूले आफूलाई सो बिषयमा जानकारी नभएको बताए ।

सम्बन्धित खवर