बैशाख ६ गते, पथरी । राहतको विवाद चुलिए पछि गएको चैत ३० गते कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबदादुर काफ्लेको अध्यक्षतामा सर्वदलिय बैठक बसी सहकार्य र समन्वय गरी प्रभावकारी ढंगबाट राहत वितरण गर्ने सहमती भएको थियो ।
तर गाउँपालिका सहितको सर्वदलिय सहमतीलाई लात हान्दै सरकारले गरेको एकद्धार प्रणाली नियमको उल्घंन गरी नेपाली कांग्रेस कानेपोखरीले आफै राहत वितरण गरेको हो ।
गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नाम, नेकपा अध्यक्ष भोला अधिकारी, सचिव मनोज रावंशी, नेकपा इन्चार्ज राजेन्द्र मण्डल र सहइन्र्चाज अम्बिका अर्याल र राष्ट्रिय युवा संघ मोरङका अध्यक्ष नविन पौडेल र नेपाली कांग्रेसको तर्फबाट गाउँसभापती योगेन्द्र दाहाल, सहसभापती मोहन कटुवाल, महासमिति सदस्य जयराज संयोक, क्षेत्रिय सदस्य हिमप्रसाद तिम्सिना, त्रिभूनाथ फुयल, ६ नं. सचिव सुमन अधिकारी सहित वडा नं. ६का वडाध्यक्ष खड्ग बस्नेत र वडा नं. ४ का वडाध्यक्ष धनबहादुर राई पनि बैठकमा सहभागी भई सवैले सहमतीमा हस्ताक्षर गरेका थिए ।
राजनीतिक दल तथा त्यस दलका नेता कतिको विश्वासिलो रहेछ भन्ने यसले पृष्टी गरेको छ ।