बैशाख २५ गते, कानेपोखरी । मोरङको कानेपोखरी–५ स्थित चिंसाङ खोलाका १ सय ५७ घर सुकुम्बासीलाई अमेरीकामा बस्ने नेपालीहरुले राहतको लागी आर्थिक सहयोग गरेको छ ।
सो रकमले राहत सामाग्री खरिद गरी विहिबार कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नाम सुकुम्बासी बस्तीमा गएर राहत वितरण गरेको छ । सुकुम्बासी बस्तीको घरपरिवारलाई २० केजी चामल, १ केजी दाल, १ केजी नुन, १ लिटर तेल र १ थान साबुन राहत बापत हस्तान्तरण गरेका थिए ।
यो चिसाङ खोलाको सुकुम्बासीलाई राहत वितरण गरिएको दोस्रो पटक हो । यस भन्दा अघि मदन भण्डारी स्र्पोट एकेडेमी मोरङले सोही परिणाम बराबरको राहत वितरण गरिएको थियो ।
अमेरीकामा बस्दै आएको असरी राईको नेतृत्वले सारहा जनथान, यानी धमला, प्रकाश विश्व, नरी खड्का, तुलमाया खड्का, उषा,भिमा खड्का, भेष पौड्ल र यम मगर लगाएत ११ जनाबाट ९ सय डलर, नेपाली रुपैया १ लाख ७ हजार ५ सय ७१ रुपैया संकलन गरी राहतको लागी ५ नं. वडाध्यक्ष चरण गुरुङलाई पठाएका थिए ।
त्यसैगरी दक्षिण कोरीयामा रहेकी देविका मगरबाट रु १० हजार ५ सय गरी जम्मा १०७ घरलाई र ५० घरलाई कानेपोखरी गाउँपालिकाले गरी जम्मा १ सय ५७ घर परिवारलाई राहत वितरण गरेको छ ।
कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष चरण गुरुङ, नेकपा कानेपोखरी गाउँकमिटि अध्यक्ष भोला अधिकारी, गाउँ कमिटि सदस्य गोविन्द अधिकारी र युवा नेता भोजकुमार श्रेष्ठ लगाएत उपस्थित रहेका थिए ।