वडाका घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ता

बैशाख २९ गते, पथरी । मोरङ पथरीशनिश्चरे– १० नं. वडा कार्यालयले वडाका घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन गरिएको बन्दाबन्दी (लकडाउन) को समयमा बैंक पुग्न समस्या भएकाहरुका लागि घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

वडाध्यक्ष सागर राई सहितको वडा समितिको पहलमा देव विकास बैंकका कर्मचारी र जनप्रतिनिधि मार्फत विभिन्न टोलमा पुगेर भत्ता लिन बाँकी रहेकाहरुकाहरुलाई दोस्रो चौमासिक भत्ता दिएका थिए ।

कार्यपालिका सदस्य एवम् सो वडाकी सदस्य मैनादेवी फुयाँल आचार्य, बैंकका व्यवस्थापक देवनारायण चौधरी सहितको टोलीले समस्यामा परेकाहरुका लागि स्वास्थ्य सतर्कता अपनाएर सामाजिक दुरी कायम गर्दै भत्ता उपलब्ध गराएका थिए ।

सम्बन्धित खवर