आरती सहकारीद्धारा ३४ हजार ६ सय नगरलाई सहयोग

जेठ ४ गते, पथरी । मोरङको पथरीशनिश्चरे १, मा रहेको आरती सहकारी संस्थाले नगरको राहत कोषमा ३४ हजार ६ सय रुपैयाँ सहयोग गरेका छन् ।

आइतबार संस्थाकातर्फबाट अध्यक्ष यादवचन्द्र दुलाल सहितले नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिका संयोजक एवम् नगर प्रमुख दिलीपकुमार राईलाई चेक हस्तान्तरण गरेका छन् ।

आरती सहकारीको २१ हजार १ सय तथा त्यहाँ कार्यरत कर्मचारीको २ दिनको तलब समेत गरी सो बराबरको रकम राहत कोषमा जम्मा गरिएको संस्थाले जनाएको छ ।

सम्बन्धित खवर