Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/nigaranitimes/public_html/wp-config.php on line 94
१ नम्बर प्रदेशमा संक्रमितको संख्या ५४ जना पुग्यो - Nigranitimes

१ नम्बर प्रदेशमा संक्रमितको संख्या ५४ जना पुग्यो

जेठ ६ गते, विराटनगर । १ नम्बर प्रदेशमा ३ हजार ३ सय ३२ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ ।  पिसिआर विधिबाट परीक्षण भएको मध्येबाट ३ हजार ८२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।

प्रदेश १ मा ५४ जनालाई कोभिड—१९ पुष्टि भएको छ । आरडीटीबाट ९ हजार छ सय २२ जनाको परीक्षण भएको छ ।  प्रदेश १ मा तीन ठाउँबाट पिसिआर परीक्षण भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ ।

सम्बन्धित खवर