शनिबार, फाल्गुन २३, २०८२

पथरीका संक्रमित व्यक्ति सशस्त्रका हवल्दार, दुई महिना अघि पथरी घर आएका थिए

जेठ ६ गते, पथरी । मोरङको पथरीशनिश्चरे–१० घर भएका व्यक्तिलाई कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षण पछि कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।


मंगलबार भाइरस पुष्टी व्यक्ति सशस्त्र प्रहरीका हवल्दार रहेको पाइएको छ । उनी सुनसरीको पश्चिम कुसाहामा कार्यरत थिए । कुसाहा भारतको सीमा क्षेत्र हो ।

यससँगै संक्रमित हुने सुरक्षाकर्मीको संख्या पाँच पुगेको छ । यसअघि चार जना सुरक्षाकर्मी संक्रमित भइसकेका थिए ।
संक्रमण पुस्टि भएको खबरले अहिले पथरीशनिश्चरे नगरमा त्रास बढेको छ । यद्यपि, उनी लकडाउन सुरु हुनुअघि गत १० चैतमै घर आएर फर्किएको जानकारी आएको इलाका प्रहरी कार्यालय पथरीको प्रमुख डीएसपी दिलिपकुमार गिरीले बताए ।

उनको कन्ट्र्याक ट्रेसिङ आइनसकेको प्रहरीले जनाएको छ । ‘सशस्त्र प्रहरी हवल्दार करिब दुई महिनाअघि नै आएर सुनसरी फर्किएकाले नगरमा आतंकित भइहाल्नु पर्ने अवस्था छैन’, गिरीले भने, ‘घरैमा बसेर सुरक्षा अपनाउन जरुरी छ।’

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.