रेडस्टार स्कुलमा अनलाइन चित्रकला प्रतियोगिता

जेठ ८ गते, पथरी । मोरङको पथरीशनिश्चरे –२, मा स्थापित रेड स्टार इङ्लिस बोर्डिङ स्कुलले सिनियर र जुनियर अनलाइन चित्रकला प्रतिगोगिता सम्पन्न गरेको छ ।

स्कुलले सिनियर ८,९ र १० र जुनियर ५, ६ र ७ कक्षा विद्यार्थीहरुको प्रतियोगता सम्पन्न गर्दै नतिजा सार्वजानिक गरेको छ । सिनियर तर्फ कक्षा ९ बाट प्रथम कृतीका भट्टराई, द्धितीय सुमिना शेर्मा र तृतीय आविश्कार तिम्सिना भएका छन् ।

त्यसैगरी जुनियर तर्फ कक्षा ६ बाट क्रिस भटटराई, कक्षा ७ बाट द्धितीय जनक राज भण्डारी र तृतीय प्रिया मगर भएका छन् । विद्यालयले केही दिन अघि बिधालयको फेसबुक पेज मार्फत गरिएको सूचनाको आधारमा अनलाइनको माध्यमबाट प्रतियोगिता सम्पन्न गरेका थिए ।

विश्वभर फैलिरहेको कोरोना भाइरसको कारण लकडाउन अवधिभर बिद्यालयले आधिकारीक फेसबुक पेजबाट निरन्तर रुपमा विभिन्न प्रकारको अनलाइन शैक्षिक गतिबिधि तथा अतिरिक्त क्रियाकलापहरु गर्दै आएको छ । विद्यार्थीहरुको अन्तरनिहित प्रतिभाहरुलाई पस्फुटन गराउने साथै हौसला प्रदान गर्ने उदेश्यले विभिन्न प्रकारको अनलाइन शैक्षिक गतिविधि गर्दै आएको विद्यालयको प्रिन्सिपल टि.एन. तिम्सिनाले बनाए ।

त्यसैगरी कक्षा ११ र १२ को लेखाशास्त्र, अर्थशास्त्र र कम्प्युटर बिज्ञानका अनलाइन कक्षाहरु लकडाउन सुरु भए लगत्तै बिधालयले निरन्तर रुपमा संञ्चालन गरिरहेको प्रिन्सिपल तिम्सिनाले बताए । विद्यालयले कक्षा १ देखि १० सम्मको विद्यार्थीहरुको लागी अनलाइन गायन प्रतियोगिता जेठ ९ गते देखि गर्ने भएको छ ।

सम्बन्धित खवर