पथरीशनिश्चरे नगरले पथरी क्याम्पसमा दश बेडको होल्डिङस्थल बनाउने

जेठ ८ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले १० बेडको होल्डिङस्थल बनाउने भएको छ ।

विहिबार नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको बैठकले पथरी बहुमुखी क्याम्पसमा १० बेडको होल्डिङस्थल बनाउने निर्णय गरेको हो ।

नगरमा पनि कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै जानसक्ने अवस्थालाई मध्यनजर गर्दै होल्डिङस्थल बनाउने निर्णय गरेको नगर प्रमुख दिलीपकुमार राईले बताए ।

नगर कार्यपालिकाको बुधबारको बैठकले नेपाल बाहिरबाट आएकाहरुका लागि क्वारेन्टाइनमा जानु अघि तत्काल छुट्टै र सुरक्षित राख्नका लागि होल्डिङ स्थल बनाउने निर्णय गरेको थियो ।

सोही अनुरुप समन्वय समितिले पथरी क्याम्पसको कोठालाई १० वटा बेडका रुपमा होल्डिङ स्थल बनाउने निर्णय गरेको छ ।

सम्बन्धित खवर