जेठ ९ गते, कानेपोखरी । मोरङको कानेपोखरी–६, स्थित रमाइलोमा रहेको जनसेवा माविमा एक सय वेडको क्वारेन्टाइन बनाउने भएको छ ।
गाउँ कार्यपालिकाको शुक्रबार बसेको बैठकले अहिले तत्काल एकसय क्षमता भएको क्वारेन्टाइन बनाउने निर्णय गरेको हो । निर्णय पछि पालिका, विभिन्न राजनितिक दलका नेता, लाइन्स अफ कानेपोखरी र स्थानीय युवाहरुले शुक्रबार देखि नै व्यवस्थापनमा सुरु गरेको छ ।
बैदेशिक रोजगारमा भारत लगाएत विभिन्न देशबाट घर फर्किनेहरुको लागी क्वारेन्टाइन निर्माण गरेको पालिकाको उपाध्यक्ष राजमती इङ्नामले बताइन । आवश्यकता अनुसार क्वारेन्टाइन थप्दै जाने उपाध्यक्ष इङ्नामले बताइन ।
विदेशबाट घर फर्किनेहरुबाट कोरोना भाइरसको जोखिम बढ्न नदिन र घर फर्किनेहरुलाई पनि सुरक्षित बनाउन क्वारेन्टाइन व्यवस्थीत गरेको स्वास्थ संयोजक रोहिन्द्र राज भण्डारीले बताए ।
विद्यालयको भवन अहिले घेराबारा भैसकेको छ । राखिने कोठाहरुको डेक्सबे्रन्चहरु व्यस्थित गरिन्दै र भोलि सकिने स्वास्थ संयोजक भण्डारीले बताए ।