क्वारेन्टाइनमा रहेका ६ जनाकै पिसिआर रिपोर्ट नेगेटीभ

जेठ २३ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ६ जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।गाउँपालिकाको स्वास्थ शाखा र विराटनगरबाट आएका स्वास्थ टोलीले तीन दिन अघि पिसिआर परीक्षण गरेको ६ जनाकै रिपोर्ट नेगेटिभ आएको हो । कोशी अञ्चल अस्पताबाट शुक्रबार गाउँपालिकाको स्वास्थ शाखामा रिपोर्ट आएको स्वास्थ संयोजक रोहिन्द्र कुमार राजभण्डारीले बताए ।

१५ दिन अघि दार्जिलिङबाट घर आएर वयरवन स्वास्थ चौकीको क्वारेन्टाइनमा बसेका कानेपोखरी ७ का ४ जना र जनसेवा माविको क्वारेन्टाइनमा राखिएको २ जना गरी जम्मा ६ जनाको पिसिआर परीक्षण गरेको  थियो ।

उनिहरुको १० दिन अघि आरडिटि टेष्ट गरिएको थियो । आरडिटि टेष्टमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । नेगेटिभ आएपछि उनिहरु क्वारेन्टाइनबाट विदा हुने गाउँपालिकाको स्वास्थ शाखाले बताएका छन् ।

सम्बन्धित खवर