जेठ २५ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिकाले घर नभएका र अति विपन्न ऋषिदेव घरपरिवारलाई नयाँ घर निर्माण गरिदिने भएका छन् ।गाउँपालिकाको जनता आवास कार्यक्रम अन्तरगत कानेपोखरी–२, मा ऋषिदेवहरुको २५ घर निर्माण गरिने भएको हो ।
शुक्रबार एक कार्यक्रम विच गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले सो घरको शिल्यानास गरेका थिए । कानेपोखरी गाउपलिका, सहारा नेपाल र हाविटेट नेपालको साँझेंधारीमा जनता आवास कार्यक्रम अन्तरगत घरहरु निर्माण हुने भएको छ ।निर्माण हुने घर अति बिपन्न ऋषिदेव घरपरिवारका लागि गाउँपालिकाबाट प्रती घर ७५ हजार र सहारा नेपालको संयोजनमा हाविटेट नेपालले प्रती घर १ लाख सहयोग गरेको गाउँपालिका अध्यक्ष काफ्लेले बताए ।