पथरीशनिश्चरे नगरको प्रत्येक वडामा ७५ लाख वडागत बजेट

जेठ २५गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेटका विषयमा योजना तर्जुमा सम्वन्धी छलफल गरेको छ ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा आइतबार बसेको कार्यपालिकाको बैठकले असार १० गतेको नगरसभाका लागि प्रति वडा ७५ लाख वडागत बजेट सिलिङ तय गरिएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले बताए । चालु आर्थिक वर्षमा १ करोडको वडागत सिलिङ बजेट विनियोजित थियो ।

बैठकले, जेठ ३० गतेसम्ममा विषयत समितिमार्फत नितीगत विषय सहितको योजना र असार ५ गतेसम्ममा वडागत योजना तर्जुमा गरिसक्ने निर्णय गरेको पनि प्रवक्ता गुरागाईंले जनाए ।

कोरोना भाइरसको संक्रमणबाट बच्न गरिएको लामो समयको लकडाउनका कारण राजस्व सहित नगरको समग्र आम्दामीमा गिरावट आएकाले बजेटको आकारमा समेत केही असर परेको छ ।

सम्बन्धित खवर