जनसेवाको क्वारेन्टाइनबाट १५ जना घर फर्किए

जेठ २७ गते, कानेपोखरी । मोरङको कानेपोखरी–६, स्थित जनसेवा माविको क्वारेन्टाइनबाट विभिन्न वडाका १५ जना घर फर्किएका छन् । पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाई क्वारेन्टाइनबाट गाउँपालिकाले घर फर्काएका हुन ।

गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले  उनिहरुलाई विदा गरेको थियो । उनिहरुको भारतको विभिन्न स्थानबाट घर आउने क्रममा क्वारेन्टाइनमा बसेका थिए । उनिहरुको शनिबार पिसिआर टेष्ट गरिएको थियो ।

सोमबार टेष्टको सबै रिपोर्ट नेगेटिभ आएको स्वास्थ संयोजक रोहिन्द्र कुमार राजभण्डारीले बताए । विदा गरिएको व्यक्तिहरु १५ दिन अघि आएका थिए । जनसेवा माविको क्वारेन्टाइनमा जम्मा २६ जना बसेका थिए ।

२६ जना मध्ये गत शुक्रबार जनसेवाबाट २ जना विदा भएका थिए । मंगलबार सम्म जनसेवा माविको क्वारेन्टाइनमा ११ जना भएको र आउने क्रम जारी रहेको वडा नं. ६ का वडाध्यक्ष तथा जनसेवा क्वारेन्टाइनको संयोजक खड्ग बस्नेतले बताए । गत शुक्रबार पिसिआर टेष्ट नेगेटिभ आएपछि ६ जना विदा भएका थिए ।

सम्बन्धित खवर