पथरीशनिश्चरे नगरको क्वारेन्टाइनबाट १८ जना घर फर्किए

जेठ २७ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरको क्वारेन्टाइनबाट १८ जना घर फर्किएका छन् । स्वाब परीक्षण पछि सवैमा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई मंगलबार घर फर्केका हुन ।भारतबाट आएका नगरका उनीहरुको स्वाब हिजो विराटनगर पठाइएको थियो । उनीहरुसँगै नगरका २ जना एम्बुलेन्स चालकको स्वाबमा पनि कोरोना नदेखिएको नगरपालिकाको स्वास्थ शाखाले बताए ।

पथरी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेका उनीहरुको विदाईका क्रममा जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलका साथमा जिल्ला आयुर्वेद चिकित्सालयका स्वास्थ्यकर्मीहरुको पनि उपस्थिती रहेको थियो । उनिहरुले प्रदेश सरकारको ‘स्वास्थ्य जीवन कार्यक्रम’ अन्तर्गत त्यहाँ स्वास्थ्य सचेतना समेत प्रदान गरिएको छ ।

सवन्वय समिति प्रमुख पोखरेलका साथै आयुर्वेद टोलीले सधैं स्वास्थ्य सतर्कता अपनाउँदै योग, प्राणायाम गर्ने, खानपानमा ध्यान दिने र आत्मबल बलियो बनाउँदा कोरोना सहितका रोगहरु टाढा भाग्ने जानकारी गराएको छ ।

आयुर्वेद टोलीले गुर्जाे, जेठी मधु जस्ता आयुर्वेदिक औषधि वितरण गर्दै त्यसखाले औषधिको सेवनले कोरोनाको संक्रमणलाई परास्त गर्न प्रतिरोध क्षमता बढ्ने सन्देश प्रवाह गरिएको छ । त्यहाँ रहेकाहरुको विदाईमा नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

भारतबाट घर फर्किएकाहरुका लागि राखिएको क्याम्पसको क्वारेन्टिनमा रहेका अन्य ३१ जनाको पनि केही दिनमा स्वाब परीक्षण गरिने नगरपालिका कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर