जेठ २८ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले तिनै तहका सरकारले शिप सहितको शिक्षा प्रणालीमा जोड दिनुपर्ने बताएका छन् ।
बुधबार वडा नम्वर १ स्थित पञ्चायत माविमा बौद्धिक अपांगता भएका बालबालिकाहरुका लागि अपाङ्गमैत्री भवन शिलान्यासका क्रममा सो कुरा बताएका हुन । उनले शिप सहितको गुणस्तरीय शिक्षामा जोड दिँदै आएको सो विद्यालयका लागि सवैको सहयोगमा बौद्धिक अपांगता भएकाहरुका लागि यसखाले कार्यक्रम प्राप्त भएको जनाए ।
२ सय जना बौद्धिक अपांगता भएका बालबालिका अटाउने अपाङ्गतामैत्री भवन निर्माण हुने विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले बताए । पहिलो योजना अन्तरगत भवन २ तलाको १६ कोठाको बन्ने छ ।
लकडाउनका कारण ढिलाई भए पनि ५ बर्षे योजनाको नमूना विद्यालयको काम तीव्र गतिमा अघि बढेको र अपाङ्गतामैत्री भवनको काम पनि उसैगरी अघि बढ्ने जनाए ।