असोक फुयल
जेठ ३२ गते, कानेपोखरी । प्रतिनिधिसभाको शनिबारको बैठकबाट नेपालको संविधान (दोस्रो) संशोधनमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित नेपालको नक्शा अङ्कित निशान छाप दुई तिहाइ बहुमतबाट पास भएको खुशियालीमा मोरङको कानेपोखरीमा साँझ दीप प्रज्वलन गरेको छ ।राष्ट्रिय युवासंघ नेपाल कानेपोखरीको समन्वयमा व्यापार प्रवन्ध समिति कानेपोखरी, रमाइले युवा परिवार, रमाइलो जेसिज र लायन्स क्लव अफ कानेपोखरीको आयोजनामा दीप प्रज्वलन गरिएको हो ।
रमाइलो चोकमा मैन बत्तिले लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित नेपालको नक्शा बनाएर दीप प्रज्वलन गरिएको थियो । दीप प्र्रज्वलनमा नेकपाबाट भोला अधिकारी, नेपाली कांग्रेसबाट सन्तोष फुयल, राष्ट्रिय युवासंघ नेपाल मोरङका जिल्ला अध्यक्ष नविन पौड्याल र स्थानीय संघसंस्थाको प्रतिनिधि सहभागी थिए । कार्यक्रम स्थानीय युवा एविन्द्र पाठकले संचालन गरेका थिए ।