पथरीशनिश्चरे नगरको बजेट ६६ करोड १२ लाख

असार १२ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको सातौं नगरसभा सम्पन्न गर्दै आर्थिक बर्ष २०७७÷०७८ को लागी ६६ करोड १२ लाख २२ हजार ५ सय २ रुपैयाँ बराबरको अनुमानीत बजेट प्रस्तुत गरी पारित गरेका छन् ।

विहिबार नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै नगरसभाले पारित गरेको बजेट बारेमा जानकारी दिएको हो । नगरप्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, वडाध्यक्ष तथा प्रवक्ता याम गुरागाई, वडाध्यक्षहरु डम्बर चेम्जोङ, गोविन्द भण्डारी र जय तामाङको उपस्थितमा पत्रकार सम्मेलन मार्फत बजेट सार्वजानिक गरेको हो । नगर प्रमुख राईले पत्रकारहरुको जिज्ञासामाथि प्रट्याउने क्रममा सवै पक्षको सहकार्यमा नगरको चौतर्फी विकास गर्न सकिने भन्दै निष्पक्ष खबरदारी गर्नका लागि पत्रकारहरुलाई आव्हान समेत गरेका थिए ।

जस्मा आन्तरिक आम्दानीबाट २ करोड, राजस्व बाँडफाँढबाट १२ करोड, ९७ लाख ३७ हजार, ७ सय ७० रुपैया, संघीय सरकारबाट ४६ करोड ४९ लाख, प्रदेश सरकारबाट ९६ लाख, ५५ हजार, ८ सय ६६ रुपैया, निर्वाचन क्षेत्र विकास कार्यक्रम(प्रदेश)बाट २ करोड ५० लाख, वडा भवन निर्माणको लागि जिल्ला समन्वय समितिबाट १ करोड गरी जम्मा ६६ करोड १२ लाख २२ हजार ५ सय २ रुपैयाँ बराबरको अनुमानीत बजेट प्रस्तुत गरेको थियो । यो बजेट सामाजिक सुरक्षा कोषको रकम बाहेक रहेको प्रमुख राईले बताए ।

त्यसैगरी व्यय तर्फ चालु खर्च ११ करोड, ६६ लाख, २८ हजार, ५सय, वडागत सिलिङ ७ करोड ५० लाख, सशर्त अनुदान तर्फ ३२ करोड, ४६ लाख ५७ हजार ७ सय ३२ रुपैया रहेको छ ।

यस आर्थिक बर्षमा नगरपालिकाले वारुणयन्त्र खरिद गरी जनशक्ति व्यवस्थापन गर्ने भएको छ । त्यसैगरी कोरोना भाइरसको महामारीमा नगर भित्र भाइरस नियन्त्रण गर्न खटिने स्वास्थकर्मीहरुको लागि १ लाख रुपैया प्रोत्साहन प्रदान गर्ने निर्णय गरेको छ । नगरलाई रमणिय तथा पर्यटकीय स्थल बनाउन नगरको ऐलानी तथा खाली जग्गाको पहिचान गरी खाली भूभागमा चिल्डे«न पार्क र पर्यटकीय स्थल निर्माण गर्ने भएको छ ।

नगरपालिका क्षेत्र भित्रका सामुदायिक र संस्थागत विद्यालयहरुमा छात्रासंग उपप्रमुख कार्यक्रम सुरुगर्ने, सबै सामुदायिक विद्यालय प्रविधिमैत्री बनाउँर्दै लगिते, नगरस्तरीय रंगशाला र वडास्तरीय खेलमैदानलाई प्राथमिकताका साथ अघि बढ्ने उल्लेख रहेको छ । ५ प्रकारको दीर्घरोगीहरुलाई दिर्दै आएको १५ हजारलाई निरन्तरता दिर्दै थप ३ प्रकारका रोगीहरुलाई यस कार्यक्रममा समावेश गरी जीवन भर १ पटक सुविधा प्रदान गर्ने नीति ल्याएको छ । त्यसैगरी ६० बर्ष नाघेका महिला स्वास्थ्य स्वयंसेविकाहरुको लागी ५० बाट ६० हजार रुपैया पुर्याएको छ ।

नगरपालिकाको प्रस्तावमा प्रदेश सरकारको तर्फबाट वडा नं. १० मा बनाईने संग्राहलय निर्माणका लागि पहल गर्ने, निर्माणधिन ५ वटा वडाकार्यालय र थप ३ वटा वडाकार्यालय गरी जम्मा ८ वटा वडा कार्यालयको भवन निर्माण सम्पन्न गर्ने भएको छ । पहिलो नगरसभाले वडा नं. १ स्थित नगरको जग्गामा सपिङ कम्पलक्ेसको डिपिआर समेत भएकोले सपिङ कम्पलेक्स निर्माणमा जोड दिने, प्रत्येक वडामा खुल्ला व्यायामशाला निर्माण र वडा नं. १ र १० मा रंगशाला निर्माणको लागि संम्भाव्यता अध्ययन गरी कार्यन्वयन गर्ने भएको छ ।

नगरले विदेशबाट घर फर्केका र स्वदेशमा कृषि उद्यम गर्न चाहनेलाई लक्षित गरी मत्स्यपालन, पशुपन्छी पालन, प्रशोधन, बजारीकरण समेत गर्ने भएको छ ।

सम्बन्धित खवर